२०८१ वैशाख २४ गते
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बाराही हाइड्रोपावर कम्पनी लिमिटेड ९० लाख ४२ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिसम्म कम्पनी ९६ लाख ४९ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेसँगै खुद नोक्सानी कम भएको हो ।
गत वर्ष ८२ लाख ८२ हजार रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ८९ लाख ७९ हजार रूपैयाँभन्दा बढी यो नाफा गरेको हो । विद्युत विक्री आम्दानी भने यस वर्ष कम भएको छ । गत वर्ष २ करोड ३२ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २ करोड ३१ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापँजी २५ करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने ११ करोड ५४ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा १९ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीले अल्पकालिन कर्जा ८५ लाख ३३ हजार रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म ३ रूपैयाँ ६२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५३ रूपैयाा ८१ पैसा रहेको छ ।
प्रतिक्रिया