२०८३ असोज १९ गते
काठमाडौं । दशैंको उत्साहलाई थप रोमाञ्चक बनाउन म्याक्स टाइगर इनर्जी ड्रिंकले उपभोक्तामाझ आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत म्याक्स टाइगरको क्यान खोल्दै उपभोक्ताले कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजनामा कुल ३७ जना भाग्यशाली उपभोक्ता विजेता बन्नेछन्। जसमा एक जनाले प्रोटोन कार, १८ जनाले यामाहा मोटरसाइकल र थप १८ जनाले यामाहा स्कुटर जित्नेछन्।
योजना अन्तर्गत म्याक्स टाइगरको क्यान खोल्दा नै आफ्नो भाग्य परीक्षण गर्न सकिने जनाइएको छ। दशैंको अवसरमा उपभोक्तालाई थप उत्साहित बनाउने उद्देश्यले ल्याइएको यो योजनाले कार, बाइक र स्कुटर जित्ने अवसर प्रदान गरेको कम्पनीको भनाइ छ।कम्पनीका अनुसार भाग्यशाली १ जनाले प्रोटोन कार,१८ जनाले यामाहा मोटरसाइकल,अर्का १८ जनाले यामाहा स्कुटर गरी कुल ३७ जनाले दशैं अफरमा कुल ३७ जना उपभोक्ताले आकर्षक उपहार जित्नेछन्।
म्याक्स टाइगरको देशभरका उपभोक्तालाई लक्षित गरिएको यो योजनाले दशैंको किनमेल र उत्सवलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया