नेप्सेमा एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस शेयर सूचीकृत

२०८१ जेठ १६ गते

नेप्सेमा एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता गरेर कुल १२ लाख ४१ हजार ६४२ दशमलव ३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

स्वरोजगार लघुवित्तले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Advertisement:

Ad
Ad

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले गत फागुन ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।