नेप्सेका नवनियुक्त सिइओले आजदेखि जिम्मेवारी सम्हाल्ने

२०८१ चैत १९ गते

नेप्सेका नवनियुक्त सिइओले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा झापाका चुडामणि चापागाईँलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज चापागाईँलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । नवनियुक्त सिइओ चापागाईँले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

Advertisement:

Ad
Ad