२०८१ असार १६ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १४.८३ अंकले घटेर २०३७.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७२ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य २ उपसमूहको परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ०.३४ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.३७ प्रतिशतले घटेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३२० वटा स्टकको ५० हजार ९ सय ५२ पटकको कारोबारमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ४९ कम्पनी बढेका छन् भने १९० कम्पनी घटेका छन् । यसैगरी ७ कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा मनकामना कृषि कम्पनी रह्यो जसको शेयरमा ७.०६ प्रतिशतको उछाल आएको छ । सर्वाधिक घट्नेमा मनकामना स्मार्ट लघुवित्त रह्यो जसको शेयरमा ९.३० प्रतिशतको गिरावट आएको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको १२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सानिमा इक्विटी फण्ड रह्यो जसको २ लाख ३९ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया