२०८२ साउन ०४ गते
काठमाडौँ । आइतबार (साउन ४ गते) सेयर बजारमा ठुलो उतार चढाव देखिएको छ । यस दिन नेप्सेले २९२२.३१ विन्दु छोएर २८७०.९५ विन्दुमा फर्किएको छ । लगातार तिन दिनदेखि बढेको सेयर बजारमा आज लगानीकर्ताले प्रोफिट बुक गरेका कारण नेप्से न्यून अंकले मात्र बढेको देखिन्छ।
आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा अडिएको छ । यस दिन कारोबार रकम भने ह्वात्तै बढेको छ । अघिल्लो कारोबार दिन १६ अर्ब ५९ करोड कारोबार भएकोमा आज भने २१ अर्ब ३९ करोड बराबरको कारोबार भएको छ। यसअघि २० अर्ब भन्दा माथिको कारोबार गत भदौ २ गते भएको थियो। उक्त दिन २८ अर्ब ८३ करोड बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै सेयर कारोबार नेपाल रिइन्सुरेन्स कम्पनीको भएको छ । यसको ९८ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको हो । दोस्रो र तेस्रे बढी सेयर कारोबार हुने कम्पनी क्रमश: बुटवल पावर कम्पनी र हिमालयन रिइन्स्योरेन्स रहेको छ ।
प्रतिक्रिया