अमेरिकामा चार जना नेपाली घरभित्रै मृत फेला

२०८२ जेठ २४ गते

अमेरिकामा चार जना नेपाली घरभित्रै मृत फेला

काठमाडौँ। अमेरिकाको भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा चार नेपाली मृत भेटिएका छन् । दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। 

अघिल्लो दिनदेखि तल्लो तलामा रहेका मानिसहरुको बोलचाल नसुनिएपछि घरधनीले प्रहरीलाई डाकेका थिए । प्रहरीले घरको ढोका खोलेर हेर्दा चार नेपालीको गोली लागेको शव भेटिएको थियो । 

Advertisement:

Ad
Ad

घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीय बालिका रहेको प्रहरीले जनाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।

प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ। तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।