नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित

२०८१ पुस २७ गते

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित

काठमाडौं । एमालेनिकट पर्यटन व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित भएका छन्। संगठनको चौथो महाधिवेशनले शुक्रबार सापकोटाको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संगठनको वरिष्ठ अध्यक्षमा यामबहादुर खड्का, उपाध्यक्षहरूमा लीलाबहादुर लामा, गोपालबहादुर बम, चिरञ्जीवी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई चयन भएका छन्।

Advertisement:

Ad
Ad

त्यस्तै, महासचिवमा रामबहादुर खड्का, उपमहासचिवहरूमा प्रदीप आचार्य र दीपक दाहाल, सचिवहरूमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, इन्दिरा शर्मा अधिकारी, भुवनबहादुर पाण्डे र बलराम सुवेदी तथा कोषाध्यक्षमा विक्रम बाडे चयन भएका छन्।

शुक्रबार भएको महाधिवेशनको उद्घाटन एमालेका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए।