नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे, गभर्नरसँग लिए सपथ

२०८१ फागुन २६ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे, गभर्नरसँग लिए सपथ

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

गत मंगलबार बसेको बैंकको संचालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका पाँडेले प्रचलित कानुन तथा नियमानुसार आज नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

Advertisement:

Ad
Ad

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।