२०८२ माघ ०७ गते
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६ महिनामा ४० करोड ९९ लाख रुपैयाँ कमाएको छ । बैंकले बुधबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६. १५ प्रतिशतले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ४५ लाख रुपैयाँबाट घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । यसले गर्दा पनि बैंकको नाफा घटेको हो ।
बैंकको कुल आम्दानी १ अर्ब ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ७५ करोड ५९ लाख ११ हजारमा सीमित भएको छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९४ पैसाबाट घटेर ३ रुपैयाँ ८० पैसामा झरेको छ । चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोष ३ अर्ब १८ करोड ५७ लाखमा झरेको छ ।
पुस मसान्तमा ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँ निक्षेप पुगेको छ । गत असार मसान्तमा ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ बैंकको निक्षेप रहेको छ । त्यस्तै कर्जा २३ अर्ब २६ करोड २६ लाख रुपैयाँबाट बढेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया