२०८३ भदौ ११ गते
काठमाडौं । भोटेकोशी बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात जना अझै सम्पर्कमा आएका छैनन । बैंकका अनुसार टिमुरे शाखा, स्याफ्ुबेसी शाखा र मैलुङको एस्टेन्सन काउन्टरमा गरी सात जना कर्मचारी बेपता भएका हुन् ।
बेपता हुनेमा स्याफ्रुबेसी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा लोपेचान, पाशाङ याङजेन तामाङ रहेका छन् । यस्तै टिमुरे शाखाकी डोल्मा लामा र मैलुङ एक्सटेन्सरन काउन्टरका मुकेश खडा रहेका छन् । उनीहरुलाई भेट्नेहरुले बैंकको कुनैपनि शाखामा जानकारी गराउन भनेको छ ।
प्रतिक्रिया