चुनावी माहौलमा जाली नोटको विगबिगी बढ्न थालेपछि राष्ट्र बैंकले सिकायो नोट चिन्ने तरिका

२०८२ फागुन ०५ गते

चुनावी माहौलमा जाली नोटको विगबिगी बढ्न थालेपछि राष्ट्र बैंकले सिकायो नोट चिन्ने तरिका

काठमाडौं । चुनाव नजिकिएसँगै जाली  (नक्कली) नोटको विगबिगी बढ्न थालेको छ । यसले सर्वसाधारणलाई नै तरंगित बनाएको छ ।

जाली नोट ओसार पसार र कारोबार गर्नु गैरकानुनी हो तर पनि कानुनको आखा छलेर नक्कली नोटहरु भित्रिरहेका छन् । प्रहरीले ती नोटहरु ठाउँठाउँबाट बरामद पनि गरिरहेको छ ।

Advertisement:

Ad
Ad

आर्थिक कारोबार गर्दा नोट प्रति शंका लागेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न राष्ट्र बैंकले भनेको छ ।

बैंक नोट छाम्दा साधारण कागजजस्तो चिप्लो लागेमा, नोटको रंग फिक्का जस्तो लागेमा, सुरक्षण धागो रंगले पोतेको, बाहिरबाट टाँसेको र सामान्य भन्दा फरक देखिएमा त्यस्तो नोट नक्कली हुने केन्द्रिय बैंकले भनेको छ । नोटमा उठ्नुपर्ने भागहरु चिल्लो र सम्म लागेमा हेरेर, छामेर र ढल्काएर परिक्षण गर्नुपर्छ । 

एक हजारको नोट चिन्ने तरिका 

१) नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँस र "1000" को पानी छाप (Watermark) देखिन्छ ।
२) नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रू.१००० (See १००० ५,०००००० through register) बनेको देखिन्छ ।


छामेर थाहा हुने


३) नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरू छाम्दा उठेको ( Intaglio) महसुस हुन्छ ।
४) दृष्टिविहीनहरूका निम्ति नोट पहिचान सहजताका लागि अङ्ग्रेजी वर्ण M रहेको हुन्छ जुन छाम्दा उठेको हुन्छ ।


ढल्काएर थाहा हुने
५) नोट ढल्काएर हेर्दा सुरक्षण धागो (Security Thread) चलेको जस्तो देखिन्छ ।

६) नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको भगवतीको आकृति silver रङको देखिन्छ ।

७) नोटलाई ढल्काएर हेर्दा नोटमा प्रयोग गरिएको Iridescent ink सुनौलो रङमा प्रष्ट रूपमा देखिन्छ । मेसिनबाट थाहा हुने
८) Ultra Violet (UV) light मा सगरमाथाको आकृति टल्किन्छ ।
९) Ultra Violet (UV) light मा गभर्नरको सही तथा नोटका नम्बरहरू टल्किन्छ ।

५०० रुपैयाँको नोट चिन्ने तरिका 

१) नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँस पानी
छाप (Watermark) देखिन्छ ।
२) नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण NRB (See through register) बनेको देखिन्छ ।
३) नोटमा सुरक्षण धागो रहेको हुन्छ । कागजमा बुनिएको सुरक्षण धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिन्छ र उक्त धागोमा NRB 500 र बाघको आकृति देखिन्छ ।


छामेर थाहा हुने
४) नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरू छाम्दा उठेको (Intaglio) महसुस हुन्छ ।
५) दृष्टिविहीनहरूका निम्ति नोट पहिचान सहजताका लागि दुई वटा थोप्ला रहेको हुन्छ जुन छाम्दा उठेको हुन्छ ।

ढल्काएर थाहा हुने

६) नोट ढल्काएर हेर्दा सुरक्षण धागो (Security Thread) को रङ परिवर्तन (red to green) हुन्छ ।

७) नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको कुबेरको रङ परिवर्तन (gold to green) हुन्छ ।

८) Ultra Violet (UV) light मा सगरमाथाको आकृति टल्किन्छ ।
९) Ultra Violet (UV) light मा गभर्नरको सही तथा नोटका नम्बरहरू टल्किन्छ ।