२०८१ पुस २६ गते
काठमाडौँ । एमएडब्ल्यू वृद्धि मोटर्स प्रा। लि। ले भित्र्याएको डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । उद्घाटनका क्रममा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्ने घोषणा गरेको छ ।
उद्घाटन कार्यक्रममा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति रहेको थियो।

नेपालमा सार्वजनिक भएसँगै नामीले हालसम्म ३५० भन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। यसले नेपाली बजारमा नामीको राम्रो माग रहेको देखाउँछ। नागपोखरीमा रहेको नयाँ शोरुम मार्फत ग्राहकहरूलाई बहुआयामिक अनुभव प्रदान गर्ने गरी विविध सुविधाहरू प्रदान गर्ने बताइएको छ । कार्यक्रममा बोल्दै एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा नामीको अत्याधुनिक शोरूम खोल्न पाउँदा रोमाञ्चित भएको र यसले बढ्दो ग्राहक माझ उत्कृष्ट सेवा दिन सघाउनेमा विश्वस्त रहेको बताए ।
नामीको मेगा टेस्ट ड्राइभ क्याम्प
नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ।
ग्राहकहरूले “नाउ अर नेभर” मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ। यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निस्शुल्क नाइट स्टे गर्न पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।
प्रतिक्रिया