२०८३ साउन २५ गते
काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम लैजान सेयरधनीहरूलाई आग्रह गरेको छ ।
बैंकले (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) ले लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सो लाभांश लिन नआएका सम्बन्धित सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ सम्मको नगद लाभांश, लगानीकर्ता संरक्षण कोषमा दाखिला जम्मा गरेको रकम समेत बैंकको सेयर रजिष्ट्रारमार्फत् माग गर्न सकिने बैंकले जनाएको छ। बैंकको आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरित नगद लाभांश समेत यदि सेयरधनीहले नबुझेको वा प्राप्त नगरेको भए बैंकको सेयर रजिष्ट्रार कार्यालयमा सम्पर्क राखी लैजान भनेको छ ।
प्रतिक्रिया