नबिल बैंकका सिईओले दिए राजीनामा, बन्लान् त गभर्नर ?

२०८१ चैत १२ गते

नबिल बैंकका सिईओले दिए राजीनामा, बन्लान् त गभर्नर ?

काठमाडौ । गभर्नर पदका आकांक्षी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । उनले आइतबारदेखि लागू हुने गरि राजीनामा दिएको पाइएको छ । सरकारले गभर्नर सिफारिस समिति गठन गरेसँगै ढुंगानाको राजीनामा आएको हो ।

सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । समितिले गभर्नर पदका लागि मन्त्रीपरिषद्लाई नामहरु सिफारिस गर्ने र सोही नामहरुमध्ये बाट एक जना गभर्नर नियुक्त हुनेछन् । अहिले गभर्नरका लागि नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी देखि बहालवाला कर्मचारीसम्म, केहि बैकर्स र पुर्व अर्थसचिव तथा योजना आयोगका उपाध्यक्ष समेत दौडधुपमा रहेका छन् ।

Advertisement:

Ad
Ad