२०८२ साउन ०१ गते
काठमाडौ । आजबाट आर्थिक वर्ष २०८२/८३ लागेको छ । यो सँगै नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको पहिलो दिनबाटै मौद्रिक नीतिपनि कार्यान्वयनमा लगेको छ । सेयर बजार मैत्री मानिएको नीति कार्यान्वयनमा गएपछि सेयर बजार उचालिएको हो ।
साउन एक गते सेयर बजार एक बर्ष यताकै सबैभन्दा बढी कारोबार भएको छ । आज १६ अर्ब भन्दा बढी कारोबार भएको हो । यस अघि २०८१ भदौ ११ गते १८ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । त्यसपछि आज १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बिहिबार (साउन १) ७५.८४ अंकले बढेको बजार २८७०.६३ विन्दुमा पुगेको हो ।सेयर बजार बढेपछि बजार पुँजीकरण ४७ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । ट्रेड टावर, सुभम पावर लिमिटेड र थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३११ कम्पनीको ३८ करोड ६३ लाख कित्ताभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा नेपाल रिइन्सुरेनस कम्पनी अगाडी छ । यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया