२०८२ असार २७ गते
काठमाडौ । ब्याजदर करिडोरको माथिल्लो सिमाको रुपमा रहेको बैंकदर घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकदरलाई ६.५ प्रतिशतबाट घटाइ ६ प्रतिशत कायम गरेको छ । यस्तै नीतिगत दरलाई ५ प्रतिशबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ ।
यता अर्थमन्त्रालयले ५.५ प्रतिशत भित्र महंगी नियन्त्रण गरिने लक्ष्य लिएकोमा केन्द्रिय बैंकले भने उक्त लक्ष्य घटाएर ५ प्रतिशतको मुद्रास्फिती कायम राख्ने लक्ष्य लिएको छ । यस्तै नीति क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतमा कायम राख्ने उदेश्य पनि मौद्रिक नीतिको छ । लिइएको छ । बैकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरिनेछ ।
प्रतिक्रिया