मंगलबार बढेको नेप्से बुधबार पुनः घट्यो, कारोबार रकम भने बढ्यो

२०८१ वैशाख २६ गते

मंगलबार बढेको नेप्से बुधबार पुनः घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । बुधबार शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०१  प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य चार उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ९ उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ३.११ प्रतिशतले वृद्धि भएको छ । यसै गरी यस दिन सर्वाधिक घट्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक १.०२ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३०५ स्टकको ४१ हजार १ सय ३७ पटकको कारोबारमा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १२४ वटा कम्पनी बढेका छन् भने १०७ वटा कम्पनी घटेका छन् । यसैगरी १२ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा इन्फ़िनिटि लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा भने कुमारी सवल योजना रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त रह्यो जसको १० करोड ६० लाख २८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि पोखरा फाइनान्स नै रह्यो जसको ४ लाख १० हजार ९ सय १५ कित्ता शेयर किनबेच भएको छ ।