मन्त्रिपरिषद्ले गरेको २४ निर्णय के-के हुन् ?

२०८२ भदौ १६ गते

मन्त्रिपरिषद्ले गरेको २४ निर्णय के-के हुन् ?

काठमाडौं । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् ।सोमबार भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गरेका हुन् । 

सरकारले राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ । 

Advertisement:

Ad
Ad


मन्त्री परिषद्का निर्णयहरु निम्न रहेका छन् : 
१. २०८२ असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५आइजिओ वल्र्ड कंग्रेस अफ गाइनोकोलोजी एण्ड अब्सटेरिक्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. राम पदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।


२) आगामी २०८२ असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने एशियाली तथा प्यासिफिक देशहरूको चौधौं उच्चस्तरीय कर सम्मेलनमा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजस्व)  दिनेश कुमार घिमिरेलाई स्वीकृति प्रदान गर्ने ।


३)२०८२ साल भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने आईसिआईडिवाइ मेगा कार्यक्रम, विश्व सिंचाइ मञ्च, र अन्तर्राष्ट्रिय कार्यकारी परिषद् ूबैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिचाइ । श्री सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।


४)विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका माननीय न्यायाधीश  सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौडा इजलासका माननीय न्यायाधीश  नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश  हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका माननीय न्यायाधीश  डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जका माननीय न्यायाधीश उमेश कोइरालालाई तोक्ने ।


५) राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका माननीय न्यायाधीश  मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने ।


६)  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको लागि आ.व. २०८२÷८३ का लागि अधिकृतस्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।


७) श्रम अदालतको सदस्य पदमा अधिवक्ता  कुमारी खरेल, झापालाई नियुक्त गर्ने ।


८) २०८२ भदौ २३ देखि २४ गतेसम्म भारतमा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।


९)नेपालमा सञ्चालन हुने गैर नाफामुलक संघ संस्थाहरुको एकिकृत विवरण राजे प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने पोर्टल सफ्टवेयर सञ्चालनका लागि आवश्यक रहेको विवरण प्राप्त गर्न उक्त लाई राष्ट्रिय परिचयपत्र तथा पजीकरण विभागसँग एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपिआइ)) मार्फत आवद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने ।


१०) चीनको तियन्जिन शहरमा हुने साङ्गाई सहयोग संगठन को २५औं शिखर सम्मेलन तया चीनको बेइजिङ शहरमा हुने  ूजापानी आक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध तथा विश्व विरोधी(फासीवादी युद्धको विजयको स्मृति समारोहू विषयक कार्यक्रममा सहभागी हुन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नेतृत्वमा २०८२ भदी १४ देखि १८ गतेसम्म चीनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने ।


११) वुमन पोलिटिकल लिडरर्स ले नेपाललाई प्रदान गर्ने डब्लुपिएल कन्टि अवार्ड  २०२५ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त धबाई वितरण कार्यक्रममा २०८२ असोज १२ देखि १४ गतेसम्म सहभागी हुन परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।


१२) भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२÷८३ का लागि ८७ अधिकृतस्तरका पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने ।


१३ बिर्ता उन्मूलन (नयाँ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने ।


१४) आर्थिक वर्ष २०८२÷८३ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तर्राष्ट्रिय किकेट मैदान तथा सैलधाम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीद्धोपिड ऐजेन्सीमा जम्मा २१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने ।


१५) मित्रराष्ट्र जनमा गणतन्त्र चीनको गोबर सांधाईमा मिति २०८३ भदौ २७ देखि मिति २०८२ असोज ४ गतेसम्म सैनिक एकाइहरुको भ्रमण तथा  सन्चालन हुने १२ बेइजिङ स्याङशान मञ्च मा प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई सहभागी हुन् स्वीकृति प्रदान गर्ने ।


१६) ललितपुरमा रहेको नवदुर्गा भवानी देवीको १२ वर्षे जावा र छाणे निर्माणको लागि १२३५.७४ क्युफिट काठ नवदुर्गा भवानीदेवी गुठीलाई उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजश्न रोयल्टी रकम रु.१०.१९.४६९÷– मिनाहा गर्ने ।


१७) २०८२ कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने वैश्विक उच्च शिक्षा विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने ।


१८) पुरातत्व विभागमार्फत सञ्चालित भूकम्प पछिको पुनःनिर्माण कार्यक्रमको आ.ब. २०८२/८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने।


१९) राष्ट्रिय समाचार समिति, नेपाल र सिन्हा न्युज एजेन्सी, चीनविच हुने चीनको जनगणतन्त्रको सिन्ह्वा समाचार समिति र नेपालको राष्ट्रिय समाचार समिति (आरएसएस) बीच समाचार आदानप्रदान तथा सहकार्य सम्बन्धी सम्झौताू समझदारीपत्र स्वीकृत गर्ने ।

 
२०) सञ्चालन सुरक्षाको सहकारी विकास तथा निरन्तर हवाई उपयुक्तता कार्यक्रम – दक्षिण एशिया परियोजनाू को छैठौं चरणको कार्यक्रम स्वीकृत गर्ने ।

२१)  नेपाल सरकार र साउदी अरेविया सरकारविष नेपाल सरकार र साउदी अरेबियाको सरकारबीच सामान्य श्रमिकहरू भर्ना सम्बन्धी सम्झौताू विषयक श्रम सम्झौता गर्ने।


२२) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छाँयानाथ राष्ट्रिय निकुन्न एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने।


२२) तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७) स्वीकृत गर्ने ।


२४) राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।