२०८२ साउन ०८ गते
काठमाडौँ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले महंगीले निराश र आक्रोशित बनेका जनतालाई अल्पकालिन राहत स्वरुप आर्थिक प्याकेजको घोषणा गरेका छन् । जसमा सबै वयस्क नागरिकहरूलाई १०० रिंगिट अर्थात २४ डलर नगद वितरण गर्ने बताइएको छ ।
बुधबार टेलिभिजन सम्बोधनमा, अनवरले भने कि यो सहयोगले २ करोड २० लाख मलेसियालीहरूलाई फाइदा पुर्याउनेछ र अगस्ट ३१ देखि डिसेम्बर ३१ सम्म ४,००० भन्दा बढी स्टोरहरूमा रिडिम गर्न सकिनेछ।अनवरले सरकारले नागरिकहरूका लागि अनुदानित पेट्रोलको मूल्य प्रति लिटर २.०५ रिंगिट (२.६ ग्यालन) बाट घटाएर १.९९ रिंगिट बनाउने बताए।
साथे उनले सेप्टेम्बर १५ मा मलेसिया दिवससँग मिल्ने गरी अतिरिक्त सार्वजनिक बिदा पनि पनि दिने घोषणा गरेका छन् ।बढ्दो जीवनयापन लागत र प्रधानमन्त्री अनवरले आफूले बाचा गरेका सुधारहरू लागू गर्न नसकेको आरोपमा उनको राजीनामाको माग गर्न क्वालालम्पुरमा योजनाबद्ध र्याली हुनुभन्दा केही दिन अघि अनवरको यो घोषणा आएको हो।
प्रहरीले शनिबार विपक्षी पेरिकाटन राष्ट्रिय गठबन्धनले आयोजना गरेको विरोध प्रदर्शनमा १५,००० सम्म मानिसहरू उपस्थित हुने अपेक्षा गरेको बताएको छ।
प्रतिक्रिया