महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न, प्राइम बैंकले जित्यो प्रथम पुरस्कार

२०८३ जेठ २५ गते

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न, प्राइम बैंकले जित्यो प्रथम पुरस्कार

 काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सकिएको छ ।  

 

Advertisement:

Ad
Ad

यहीँ जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छे« बैंक लिमिटेडले द्वितीय स्थान प्राप्त गरेको छ । 

 

उक्त प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी  २४ टिमले सहभागिता जनाएका थिए ।  प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत भइसकेको छ ।

 

पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द« मल्लको प्रमुख आतिथ्यतामा काठमाण्डौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएको थियोे । साथै सह–विजेता माछापुच्छे« बैंक लिमिटेडलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको छ । 

 

उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुछ्रे बैंक लिमिटेडका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राईम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जित्न सफल भएका थिए । साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लि.ले जित्न सफल भएको छ ।