मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

२०८२ साउन ०६ गते

मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

रामेछाप पुष्पलाल -मध्यपहाडी+_ लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको

च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो

Advertisement:

Ad
Ad

निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो धसिएको सडक पुनः मर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे

सो हेर्नको लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पु¥याएको बताउँदै उनले सो पानी कटाएपछि समस्या समाधान हुने जानकारी दिए

माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ हाले, प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ, उनले भने