२०८२ वैशाख ०७ गते
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिना सम्ममा जीवन बिमा कम्पनीहरुले करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।
सार्वजनीक तथ्यांक अनुसार ३ वटा लघु जीवन बिमा कम्पनीसहित १७ वटा जीवन बिमा कम्पनीहरुले कुल ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका छन। जसमध्ये १६ अर्ब १५ करोड २९ लाख ६ हजार रुपैयाँ प्रथम बिमा शुल्क र ७० अर्ब ७७ करोड २ लाख ४ हजार रुपैयाँ नवीकरण बिमा शुल्क रहेको छ ।
कुल बिमा शुक्लमध्ये ३ वटा लघु जीवन बिमा कम्पनीले ४ करोड २२ लाख ६५ हजार रुपैयाँ संकलन गरेका छन। यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।
प्रतिक्रिया