२०८२ साउन २१ गते
काठमाडौँ। कामना सेवा विकास बैंकले कमलादी, काठमाडौंस्थित स्काईवाक टावरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काईवाक टावरको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काईवाक टावरका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छ ।
प्रतिक्रिया