२०८२ असार २७ गते
काठमाडौं । बजेट बैठक बस्ने बाध्यता परेपछि करिब ४ महिनापछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बसेको छ । एकै छाना मुनी कार्यालय भएपनि करिब ४ महिनापछि नै मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल एक साथ देखिए । पछिल्लो समय मेयर साह र उपमेयरबीच वाकयुद्ध चलेको थियो । जसका कारण यी दुई एउटै फोरममा कमै देखिएका थिए ।
काठमाडौं महागनरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सिमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ करोड बजेटको सिमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
बैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका हुन् । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी छिन् । बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया