काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा,दशैंमा घर जान पाएनन्

२०८३ कात्तिक ०५ गते

काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा,दशैंमा घर जान पाएनन्

धादिङ । काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा परेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपलखोला माथी निर्माणाधीन पक्की पुलमा मजदुरी गर्दै आएका मजदुरहरु ज्याला नपाएकै कारण दशैंमा घर जानबाट पनि बन्चित भएका छन् । काम गरेबापत पाउनुपर्ने पैसा ठेकेदारले नदिँदा बाटो खर्चसम्म नभएर १२ जना मजदुर घर जानबाट रोकिन बाध्य भएका हुन् ।

Advertisement:

Ad

चाडबाडमा परिवारसँग बसेर मिठो(मसिनो खाने र छोराछोरीलाई नयाँ लुगा किनिदिने सपना बोकेका उनीहरू अहिले स्थानीयले दिएको खाद्यान्नको भरमा छाक टारिरहेका छन् ।

ूएक जनाको ३० हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ । कुल ३६ जनामध्ये २४ जनाले सरसापट र घरबाटै पैसा मगाएर गए,ू सल्यानका अम्मर कार्कीले भने, ूहामी १२ जनाको भने बिचल्ली भयो । घर पुग्न तीन दिन लाग्छ, बाटो खर्च मात्रै पाए पूर्णिमा अगाडि भए पनि पुगिन्थ्यो कि भन्ने आश छ ।ू ठेकेदारले पैसा दिने आश्वासन दिँदै दिन ढाँट्ने गरेको उनले बताए ।

सल्यानकै सुशील खत्री र सुर्खेतका काशीराम विकको पीडा पनि उस्तै छ । 'छोराछोरीले नयाँ कपडा र मिठो खानेकुरा ल्याउला भनेर बाटो पर्खिरहेका छन् । तर आफैं जाने भाडासम्म छैन,'विकले भावुक हुँदै भने, 'हामी मजदुरको चाहिँ दशैं नहुने हो र ? जसरी भए पनि घर जाने वातावरण बनाइदिनुपर्यो ।'

पुल निर्माणमा खटिएका सल्यानका ७, बाँकेका २, सुर्खेतका २ र गोरखाका १ गरी १२ जना मजदुर हाल साविक नवदुर्गा आधारभूत विद्यालयको भवनमा बसिरहेका छन् । उनीहरूलाई पुल बगैँचाका स्थानीय बासिन्दाले खाद्यान्न सहयोग गरिरहेका छन् ।

निर्माण व्यवसायी राजन आले मगरले भने मजदुरहरू स्वयं घर नजाने निर्णय गरेकाले स्थानीयस्तरमै व्यवस्थापन गरिएको दाबी गरे ।'सम्झौताअनुसार अर्का ठेकेदार श्याम बुढाथोकीले भुक्तानी नदिँदा समस्या भएको हो । धेरैलाई पैसा दिएर पठाइसकिएको छ,' उनले भने, 'उहाँहरूले भने जस्तो प्रतिव्यक्ति ३० हजार दिन बाँकी छैन । अहिले दशैंको मुखमा तुरुन्तै पैसा दिन सकिने अवस्था छैन ।'

पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माणाधीन उक्त पुलका मजदुरको समस्याबारे धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम० ले ध्यानाकर्षण भएको बताएकी छन् । ूठेकेदारसँग निरन्तर कुराकानी भइरहेको छ,'प्रजिअ पाण्डेयले भनिन्, ूमजदुरहरूलाई सहजरूपमा घर पठाउने वातावरण बनाउन पहल गरिरहेका छौँ ।'