२०८३ साउन ०५ गते
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा बैंकहरुलाई कर्जा विस्तारमा सकस परेको तथ्यांकले देखाएको छ । नेपाल बैकर्स संघको तथ्यांकले एक वर्षमा १० खर्बले निक्षेप बढ्दा कर्जा लगानी निकै कम भएको देखाएको छ ।
संघको तथ्यांक अनुसार बैंकहरुको निक्षेप करिब १० खर्बले बढेर ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । २०८२ असारमसान्तसम्म यस्तो निक्षेप ६५ खर्ब ३१ अर्ब रुपैयाँ थियो ।
यस्तै कर्जा विस्तार भने ३ खर्ब १५ अर्ब रुपैयाँ मात्र भएको छ । अघिल्लो वर्ष असार मासन्तसम्म ४९ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो असार मसान्तसम्म ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
यसले बैकिङ प्रणाली अत्यधिक तरलताको चपेटामा रहेको पुष्टि गर्छ । न्युन ब्याजदर हुँदा पनि कर्जा माग नहुनु भनेको लगानीकर्ता तथा उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर हुनु पनि हो । बैकर्स संघको तथ्यांकलाई आधार मान्ने हो भने सिडि रेसियो ७१.०९ प्रतिशत थियो ।
यद्यपि कर्जा लगानीमा २० वटा वाणिज्य बैंकमध्ये नबिल बैंकनै अगाडी छ । यस बैंकले गत वर्ष साढे १२ प्रतिशतले कर्जा विस्तार बढाएको छ । यसको निक्षेप संकलन भन्दा कर्जा लगानीको बृद्धिदर बढी देखिन्छ । यस्तै एनआइसी एशिया बैंकको कर्जा लगानी भने ऋणात्मक देखिएको छ ।
निक्षेप संकलनमा भने ग्लोबल आइएमइ बैंक अगाडी छ । यसको निक्षेप संकलन १७ प्रतिशतले बढेको छ । तर निक्षेप संकलनको बृद्धिदर भने राष्ट्रिय वाणिज्य बैंकको बढी छ ।
कुन बैंकको कर्जा र निक्षेप कति ?
प्रतिक्रिया