२०८३ जेठ २७ गते
काठमाडौं । नापी कार्यालयबाट प्राप्त हुने जग्गा सम्बन्धी सम्पूर्ण काम डिजिटल प्रणालीमार्फत गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
बुधबार सर्कुलर जारी गर्दै सम्पूर्ण इजाजतपत्रप्राप्त संस्थाले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरु जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा सोसँगसम्बन्धित राजश्व अनलाईनमार्फत् भुक्तानीका लागि मेरो कित्ता प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत् गर्नुपर्ने केन्द्रिय बैंकले भनेको छ ।
यस्तै अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्था बीच हुने कर्जा कारोबार अन्तरबैंक कारोबार÷सापटी मा गणना नहुने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको छ ।
यसरी सञ्चालित कार्यक्रमको विवरण यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनु पर्नेछ ।
प्रतिक्रिया