२०८२ साउन १२ गते
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई कडाई गरेको छ । प्राधिकरणले उनीहरुलाई जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न नदिने भएको छ । प्राधिकरणले मोबाइल सेवा प्रदायकले मात्रै वाईफाईको माध्यमबाट सेवा दिन पाउने व्यवस्था भएकोले सोही अनुसार गर्न भनेको छ । त्यसो नगरेको पाइए कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
प्राधिरकणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा एक सूचना जारी गर्दै मोबाइल सेवाप्रदयकले मात्रै वाईफाई सेवा दिन पाउने र अरु सेवाप्रदायकले कानूनी व्यवस्था अनुसार तोकिएको क्षेत्र र समयका लागि मात्रै एक पटकको लागि सेवा दिन पाउने उल्लेख गरेको छ । हाल प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ भने मोबाइल सेवाको अनुमति नेपाल टेलिकम र एनसेलसँग छ ।
दूरसञ्चार प्राधिरकणले वाई–फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल÷ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्तहरू अनिवार्य पालना गर्नपर्ने छ ।
आइएसपिहरुले जथाभावी वाइफाइ हटस्पट सञ्चालन गर्दा नेपाल टेलिकम र एनसेलको आम्दानीमा धक्का पुगेको थियो । आइएसपीले जथाभावी हटस्पट चलाउँदा टेलिकम कम्पनीले बार्षिक १४ अर्ब भन्दा बढी गुमाउनु परेको बताउँदै आएका थिए ।
प्रतिक्रिया