पत्रमै कुलङ्घार लेखेर हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयमाथि पोखे आक्रोश

२०८२ साउन ०७ गते

पत्रमै कुलङ्घार लेखेर हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयमाथि पोखे आक्रोश

काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई अमर्यादित शब्द लेख्दै पत्राचार गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चर्चेको जग्गा फिर्ताका लागि भन्दै उनले संघीय सरकारलाई पत्राचार गरेका हुन् ।

 

Advertisement:

Ad
Ad

मनसाय सही देखिएपनि बुधबार उनले लेखेको पत्रमा प्रयोग भएको शब्द भने केही अमर्यादित शैलीको रहेको देखिएको छ । नगर अस्पताल निर्माणका लागि जग्गा फिर्ता माग्दै पत्र उनले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ, अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।’