गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव : भ्रष्टाचारको प्रश्न उठिसकेपछि राजिनामा दिनुस्

२०८२ जेठ ११ गते

गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव : भ्रष्टाचारको प्रश्न उठिसकेपछि राजिनामा दिनुस्

काठमाडौँ । राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्री लेखकलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुझाव दिएका छन् ।

 

Advertisement:

Ad
Ad

मोरङको विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् । विगतमा पनि केही मन्त्रीहरूले प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाएको भन्दै नेता कोइरालाले मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने बताए ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेपछि गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको छ । गृहमन्त्री लेखकले नै रकम उठाउन सहसचिव तीर्थ भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर खटाएको आरोप लागेको छ ।