२०८२ माघ ११ गते
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साढे ३४ प्रतिशतले नाफा बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
लघुवित्तले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्मम लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो नाफा गत आवको तुलनामा चालु आवमा३४.६४ प्रतिशतले बढी हो। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।
प्रतिसेयर आम्दानी २ रुपैयाँ ६९ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६.५१ गुणा रहेको छ।
१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको खुद ब्याज आम्दानी १२.५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ।
प्रतिक्रिया