जमिनमुनि भासिएर हराएको गाडीबारे अध्ययन गर्न विज्ञ टोली पुग्यो हेटौडा

२०८२ वैशाख २३ गते

जमिनमुनि भासिएर हराएको गाडीबारे अध्ययन गर्न विज्ञ टोली पुग्यो हेटौडा

काठमाडौँ । गत शुक्रबार जमिनमुनि भासिएर हराएको गाडीको घटनाबारे अध्ययन गर्न गठित खानेपानी तथा भूगर्भ सम्बन्धी विज्ञ टोली हेटौडा पुगेको छ।

हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाका अनुसार टोली मंगलबार बिहान हेटौडा आइपुगेको हो र घटनास्थलको अध्ययन कार्य सुरु गरिसकेको छ।

Advertisement:

Ad
Ad

टोलीले जमिन भासिने कारण पत्ता लगाउने र सम्भावित जोखिम मूल्याङ्कन गर्ने उद्देश्य राखेको छ। घटनास्थलमा आवश्यक मापन, नमुना संकलन र विश्लेषणको काम भइरहेको उपमेयर बानियाले जानकारी दिए।