४३ लाख रिटर्नीहरुलाई राज्यले सम्बोधन गर्नुपर्छ : रिटर्नी फेडेरेसन

२०८२ वैशाख २५ गते

४३ लाख रिटर्नीहरुलाई राज्यले सम्बोधन गर्नुपर्छ : रिटर्नी फेडेरेसन

काठमाण्डौं । रेमिटयान्सले ओगटेका  ७२ प्रतिशत परिवारका मुद्धालाई सरकारको नीति तथा कार्यक्रमले समेट्न नसमेटिएकोमा रिटर्नी फेडेरेसन नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  । फेडेरेसन  महासचिव खेम कार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत  ४३ लाख भन्दा बढि रिटर्नीहरु तथा उनीहरुसंग आश्रीत करोड भन्दा बढि नेपालीको मुद्धालाई संघिय सरकारको  नीति तथा कार्यक्रममा सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 

फेडेरेसनले प्रधानमन्त्री ,अर्थमन्त्री , श्रममन्त्री लगायतलाई पटक पटक ध्यानाकर्षक गराउँदा पनि सरकारले मुद्धा सम्बोधनमा ध्यान नदिएको भन्दै मंगलबारको सचिवालय बैठकले चिन्ता ब्यक्त गरेको छ ।  फेडेरेसनका अध्यक्ष विनोद प्रसाद भट्टराईको नेतृत्वको प्रतिनिधी मण्डलले नेकपा (एमाले)संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलालाई भेटी आफूहरुका मुद्धा नीति तथा कार्यक्रममा नपर्नु दुःखद भएको बताएका छन् । भेटघाटको क्रममा आगामी बजेटमा सम्बोधन गर्नुपर्ने माँगहरु समेत प्रमुख सचेतक मार्फत राखिएको छ । 

Advertisement:

Ad
Ad

 

विदेशमा रगत र पसिना बगाएर समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय योजनामा योगदान गरिरहेको देशकै ठूलो समुदायलाई राज्यले आफ्नो नीति तथा कार्यक्रममा छुटाउनुले यस प्रति सरकारको गम्भिरता माथी नै प्रश्न चिन्ह खडा गर्ने फेडेरेसनको ठम्याई छ । यसलाई संसोधन र बजेटमा समावेश गरेर सच्याउन अनुरोध समेत गरेको छ । 

जिल्ला कमिटी र २५५ पालिका कमिटीको सांगठनिक  संरचना कायम रहेको रिटर्नी फेडेरेसन नेपाल ४३ लाख रिटर्नीहरु र प्रवासमा रहेका लाखौं प्रवासी नेपालीहरुको तर्फबाट निरन्तर आफ्ना मागहरु राख्दै आएको छ ।