सुनको मूल्य तोलामा छ सयले बढ्यो

२०८२ वैशाख २५ गते

सुनको मूल्य तोलामा छ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो। 

बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२  हजार २ सय कारोबार भईरहेको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।