२०८१ चैत २५ गते
काठमाडौं । एनआइसी एसिया बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले (चैत २५ गते) सोमबारदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न गरेको हो । यसमा ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ ।
पछिल्लो समय निक्षेपको ब्याजदर अत्यन्तै न्यून भएको अवस्थाका आकर्षक ब्याजदर भएको ऋणपत्र सर्वसाधारणको लागि आकर्षक आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ । बैंकले १० वर्ष अवधि भएको ‘७ प्रतिशत ब्याजदर दिनेगरी एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गरेको हो । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । २८ गतेसम्म आवेदन दिन सकिने डिबेन्चर उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने वैशाख ८ गतेसम्म भर्न सकिन्छ ।
लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसियालाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउने आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ ।
प्रतिक्रिया