डोमेस्टिक कार्ड स्किम अन्तर्गत बैंकबाट एक भन्दा बढी कार्ड लिन पाउने, मोबाइल बैंकिङ्गमा आधिकारिक भिपिएन नभई लगइन नहुने

२०८१ फागुन २२ गते

डोमेस्टिक कार्ड स्किम अन्तर्गत बैंकबाट एक भन्दा बढी कार्ड लिन पाउने, मोबाइल बैंकिङ्गमा आधिकारिक भिपिएन नभई लगइन नहुने

काठमाडौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा व्यापक हेरफेर गरेको छ । यो सँगै अब बैंक तथा वित्तीय संस्थाले डोमेस्टिक कार्ड स्किम अन्र्तगत एउटै ग्राहकलाई एकभन्दा बढी कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले अब डोमेस्टिक कार्ड स्किम अन्तर्गत एकभन्दा बढी कार्डहरु जारी गर्दा बाधा नहुने बताएको छ । यसअघि प्राकृतिक व्यक्तिको एउटा खाताबाट एक भन्दा बढी कार्ड (पूरक कार्ड) जारी गर्न नपाइने व्यवस्था थियो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले परिपत्र जारी गर्दैै ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भिपिएन को प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारिक भिपिएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने भनेको छ । यो नयाँ व्यवस्था थप गरिएको हो । यस्तै अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत) ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा डिसि-डिआर- ड्रिल गर्नुपर्नेछ । यसअघि यो व्यवस्था थिएन ।

Advertisement:

Ad
Ad

कुनै पनि प्रणालीको डिसि डिआर ड्रिल कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्नेछ । संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासंग मात्र आफ्नो डाटा सेन्टर राख्न सक्नेछन् । अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।

अरु के के भए हेरफेर ?

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/03/Final-to-Publish-1.pdf"]