सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा प्रत्यक्ष बिदेशी लगानी भित्र्याउन छलफल

२०८२ साउन २० गते

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा प्रत्यक्ष बिदेशी लगानी भित्र्याउन छलफल

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (ऋल्क्ष्)का सभापति, तथा  नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बिच बिदेशी प्रतक्ष्य लगानी भित्र्याउन आवश्यक रणनिती छलफल साथै उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई  समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने , साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो  ।

उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधान का लागि आफु लागि परेको  र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको जान्कारी राजदूत पौडेलले गरएका छन्  । पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो । 
 

Advertisement:

Ad
Ad