डिजिटल कर्जामा  राष्ट्र बैंकको सहजीकरण, बढायो कर्जाको सिमा

२०८३ जेठ २५ गते

डिजिटल कर्जामा  राष्ट्र बैंकको सहजीकरण, बढायो कर्जाको सिमा

काठमाडौं ।  डिजिटल कर्जामा  नेपाल राष्ट्र बैंकले सहजीकरण गरेको छ । विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै सहजीकरण गरेको हो । लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्ने मार्गदर्शनमा उल्लेख छ  । 

 

Advertisement:

Ad
Ad


विद्युतीय माध्यमबाट प्रवाह गर्ने कर्जाको सीमा बढाएर १० लाख रुपैयाँसम्म पुर्‍याएको छ । लघु, साना तथा मझौला व्यवसायी (दीर्घकालिन प्रकृतिको चालु पुँजी कर्जा) लाई १० लाख रुपैयाँसम्मम कर्जा दिन सकिने व्यवस्था गरेको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम कर्जाको भुक्तानी अवधि निर्धारण गर्नुपर्नेछ  । 

 

यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा तलवी एवं पेशागत तथा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले ५ लाख रुपैयाँसम्म ३ वर्षका लागि लिनसक्नेछ । तर लघु, साना तथा मझौलाव्यवसायी (अल्पकालिन प्रकृतिको चालु पुँजी कर्जा) ले भने ५ लाख रुपैयाँ एक वर्षसम्मका लागि लिन सक्नेछ । यस्तै प्राकृतिक व्यक्तिले २ लाख रुपैयाँसम्म ३ वर्षका लागि लिन सक्नेछ । 

 

भुक्तानी सेवा प्रदायकका ग्राहले पनि कारोबारको आधारमा कर्जा पाउने भएका छन् । बैंकहरुले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध मर्चेन्टलाई कर्जा प्रदान गर्ने भएमा मर्चेन्टको सहमतिमा व्यवसाय एवं कारोबारसम्बन्धी आवश्यक पर्ने विवरण भुक्तानी सेवा प्रदायक संस्थाले कर्जा विश्लेषण गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।