२०८२ साउन ०१ गते
काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेका छन् । बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीषा झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
रेग्मीले आफ्नो अनुभव र ज्ञानलाई अब राजनीतिक नेतृत्वसँग जोडेर प्रयोग गर्न पाउने आशामा रास्वपामा प्रवेश गरेको बताएका छन् । उनले भने, ‘मैले अरु पार्टीमा जाँदा न त मत राख्न सकें, न त अवसर पाएँ । तर यहाँ नयाँ युवा, जोश, जाँगर, पढेलेखेका साथीहरू छन्, उनीहरूसँग मिलेर काम गर्न सक्छु भन्ने लागेर आएको हुँ।’
उनले पर्यटन, उद्योग, श्रम, परराष्ट्रजस्ता क्षेत्रमा आफ्नो विज्ञता प्रयोग गरेर देशलाई सही दिशा दिन सकिने विश्वास व्यक्त गरे । ‘अब देशलाई गन्तव्य दिन सकिने वातावरण यहीँ ९रास्वपा०मा देखिएको छ । यही भरोसा लिएर म पूर्ण रूपमा सक्रिय हुने निर्णयमा पुगेको हुँ ।’ उनले थपे ।
प्रतिक्रिया