सात विकास बैंकको रिपोर्ट कार्डः  साइन रेसुङ्गाको सर्वाधिक नाफा, एक्सेलको उच्च ईपीएस, अधिकांशको लाभांश क्षमता बलियो

२०८३ साउन २० गते

सात विकास बैंकको रिपोर्ट कार्डः  साइन रेसुङ्गाको सर्वाधिक नाफा, एक्सेलको उच्च ईपीएस, अधिकांशको लाभांश क्षमता बलियो

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्म सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूमध्ये साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सबैभन्दा बढी नाफा कमाएको छ ।

 

Advertisement:

Ad
Ad

यता एक्सेल डेभलपमेन्ट बैंकले प्रतिशेयर आम्दानीमा अग्रता कायम गरेको छ। अधिकांश विकास बैंकले  लाभांश वितरण गर्न सक्ने क्षमता देखाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश क्षमता भने अझै नकारात्मक देखिएको छ।

 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १८ करोड १२ लाख ७९  हजार रुपैयाँ खुद नाफा कमाउँदै हालसम्म वित्तिय विवरण प्रकाशित गर्ने  विकास बैंकहरूमध्ये पहिलो स्थानमा रहेको छ। बैंकको एनपीएल (खराब कर्जा)  ४.९३ प्रतिशत, ईपीएस २३.५२ रुपैयाँ र लाभांश क्षमता १६.८६ प्रतिशत रहेको छ। नाफा र लाभांश क्षमता दुवै हिसाबले बैंक लगानीकर्ताका लागि बलियो अवस्थामा देखिएको छ।

 

दोस्रो स्थानमा रहेको कामना सेवा विकास बैंकले ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खराब कर्जा अनुपात ३.७७ प्रतिशत रहेको छ ।  बैंकको ईपीएस २२.७५ रुपैयाँ र लाभांश क्षमता १५.१६ प्रतिशत रहेको छ। यसले बैंकको  प्रतिफल सन्तोषजनक रहेको संकेत गर्छ।

 

यता सांग्रिला डेभलपमेन्ट बैंकले ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि  यस बैंकको खराब कर्जा केही बढी छ । बैंकको एनपीएल ६.८७ प्रतिशत पुगेको  छ। सात बैंकहरूमध्ये यही बैंकको खराब कर्जा अनुपात सबैभन्दा बढी हो। यद्यपि बैंकको ईपीएस २३.८३ रुपैयाँ र लाभांश क्षमता १३.१९ प्रतिशत रहेको छ।


महालक्ष्मी विकास बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी १३.९६ रुपैयाँ रहेको छ । महालक्ष्मीको १० प्रतिशतभन्दा माथि लाभांश वितरण गर्ने क्षमता राख्ने विवरणले देखाएको छ ।  यस बैंकको खराब कर्जा ६.३२ प्रतिशत रहेको छ । 

एक्सेल डेभलपमेन्ट बैंकले ३० करोड ९४ लाख नाफा कमाएको छ । नाफामा अन्य बैंकभन्दा तल देखिएपनि  पनि इपिएसमा सबैभन्न्दा अगाडी छ । बैंकको इपिएस २४.७६ रुपैयाँ रहेको छ । बैंकको एनपीएल ४.५७ प्रतिशत र लाभांश क्षमता १४.३८ प्रतिशत रहेको छ। 

मितेरी डेभलपमेन्ट बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। बैंकको एनपीएल  ०.२६ प्रतिशत रहेको छ । यो भनेको सात विकास बैंकमा सबैभन्दा कम खराब कर्जा भएको बैंक बनेको छ ।  बैंकको ईपीएस ११.६० रुपैयाँ र लाभांश क्षमता १२.७३ प्रतिशत रहेको छ। खराब कर्जा अत्यन्त कम हुनु भनेको बैंकको सम्पत्ति गुणस्तर बलियो हुनु हो।

 सप्तकोशी डेभलपमेन्ट बैंकले १५ करोड ४ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ ।  यसको एनपीएल  पनि उच्च  नै देखिएको छ । बैंकको एनपिएल ६.१५ प्रतिशत पुगेको छ। बैंकको ईपीएस १८.०४ रुपैयाँ भए पनि लाभांश क्षमता नकारात्मक देखिएको छ। यसले चालु वर्षमा लाभांश घोषणा गर्न बैंकलाई चुनौती हुन सक्ने छ।