भनसुनमा आउनेलाई पन्छाउँदै अर्थमन्त्री वाग्लेले यसरी छानेका थिए डेपुटी गभर्नरमा किरण पण्डितलाई

२०८३ वैशाख ०३ गते

भनसुनमा आउनेलाई पन्छाउँदै अर्थमन्त्री वाग्लेले यसरी छानेका थिए डेपुटी गभर्नरमा किरण पण्डितलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको डेपुटी  गभर्नरको पदमा केही दिन अघि डा. किरण पण्डित नियुक्त भए । दुईजना नियुक्त हुनुपर्नेमा पण्डितलाई मात्र किन नियुक्त गरियो, अर्को किन गरिएन भन्ने विषयमा चासो र चर्चा पनि चल्यो ।

 

Advertisement:

Ad
Ad

कतिपयले पण्डित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै गृह जिल्लाको (तनहुँ) भएर उनलाई अवसर दिइयो भन्न समेत भ्याए । तर वास्तविकता के हो त यसबारे हामीले अर्थमन्त्रीलाई प्रश्न सोध्यौ, किरण पण्डितलाई नियुक्त गर्नुको कारण तपाइको गृह जिल्लाको भएर हो ? 


अर्थमन्त्री वाग्लेले जवाफमा भने, 'मैले व्यक्तिगत रुपमा पण्डितजीलाई राम्रोसँग नचिनेको रहेछु । उहाँ निकै क्वालिफाइड व्यक्ति हुनुहुदो रहेछ । उहाँ मलाई डेपुटी गभर्नर बनाइदिनुपर्यो भनेर कहिले पनि अर्थमन्त्रालय आउनु भएन । यसले पनि  उहाँलाई बनाउनु पर्छ भनेर हामीले बनायौ ।'

 

अर्थमन्त्रीको यो जवाफमा अन्य केही व्यक्ति भने डेपुटी गभर्नर बनाइदिनुपर्यो भन्दै अर्थमन्त्रालय धाएका थिए भन्ने बुझ्न गाह्रो छैन ।

 

अर्थमन्त्री वाग्लेले आफूहरुले धाएर र आसेपासे भएर मात्र पद प्रतिष्ठा पाइँदैन योग्य पनि हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बताए । अर्को डेपुटी गभर्नर नियुक्त नगर्नुमा अर्थमन्त्रीको तर्क भने बेग्लै छ । उनले एकैपटक नियुक्त गर्दा एकैपटक रिक्त हुने भएकाले कम्तिमा एक देखि ३ महिनासम्मको फरकमा अर्को नियुक्त गर्ने योजना रहेको उल्लेख गरे ।