२०८२ जेठ ०३ गते
डोटी पुगेर ‘प्रचण्डको आत्मालोचना गर्दै भने, जनताकै बलमा माओवादी सत्तामा पुगेको हो
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।
शुक्रबारदेखि शुरू भएको जनतासँग माओवादी ९मध्यपहाडी लोकमार्ग० जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको बताए ।
उनले भने, 'हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन् ।'
अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पीर मर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।
प्रतिक्रिया