बैंक तथा वित्तिय संस्थाका ग्राहकको सन्तुष्टिको स्तर मापन हुने

२०८३ असार १८ गते

बैंक तथा वित्तिय संस्थाका ग्राहकको सन्तुष्टिको स्तर मापन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको ग्राहकको सन्तुष्टि मापन गर्ने भएको छ । केन्द्रिय बैंकले  'वित्तिय ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३' नाम दिएर गर्न लागेको सर्वेक्षणले ग्राहकको सन्तुष्टिको स्तर मापन  गर्ने उदेश्य राखेको छ ।

 

Advertisement:

Ad
Ad

७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी र्याण्डम स्याम्प्लिङ विधिबाट वडा छनोट गरी  १० हजार ४ सय ५ वटा नमुना सङ्कलन गरिने केन्द्रिय बैंकले भनेको छ ।  यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन हुनेछ  । 

 

सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुने र सहभागीले आफुलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था पनि छ ।  सर्वेक्षणमा सङ्कलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिने केन्द्रिय बैंकले भनेको छ ।