२०८२ साउन ०१ गते
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा कोका(कोलाले अमेरिकामा निर्मित सफ्ट ड्रिंकमा उच्च फ्रुक्टोज मकैको सिरपको सट्टा उखुको चिनी प्रयोग गर्न सुरु गर्ने घोषणा गरेका छन्।
'म संयुक्त राज्य अमेरिकामा कोकमा वास्तविक उखु चिनी प्रयोग गर्ने बारेमा कोका-कोलासँग कुरा गरिरहेको छु, र उनीहरूले त्यसो गर्न सहमत भएका छन्,'ट्रम्पले बुधबार ट्रुथ सोशलमा एक पोस्टमा भने। म कोका-कोलाका सबै अधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु।
उनले यो परिवर्तन पछि कोकाकोला प्रयोगकर्र्ताको स्व्स्थ्यमा परिवर्तन आउने बताएका छन् । यता कोका कोलाले भने ट्रम्पको उक्त घोषणाको न त पुष्टि गरेको छ नत अस्वीकार यद्यपि उसले राष्ट्रपतिले कोका-कोला ब्रान्डप्रतिको देखाएको उत्साहको प्रसंशा गरेको छ । कोका कोला उत्पादनमा गरिने नयाँ प्रस्तावहरूको बारेमा थप विवरणहरू चाँडै साझा गरिने कम्पनीले जनाएकोछ ।
ट्रम्पले उनका स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जूनियरले अमेरिकी खानामा उच्च(फ्रुक्टोज मकैको सिरपबाट स्वास्थ्यमा पर्ने असरको बारेमा अवगत गराउँदै आएदेखि कोकाकोलामा मिसाइनुपर्ने चिनीको बारेमा चासो राख्दै आएका थिए ।
प्रतिक्रिया