२०८१ जेठ १४ गते
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण चिरख्वा हाइड्रोपावर लिमिटेडले सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक गरेको उक्त वित्तीय विवरणलाई हेर्दा कम्पनी यस अवधिसम्म १२ लाख ४१ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
दोस्रो त्रैमासम्मको तुलनामा कम्पनीको नोक्सानी रकम बढेको हो । दोस्रो त्रैमाससम्म कम्पनी ८ लाख ७९ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । विद्युत विक्री आम्दानी सुरु नहुदा कम्पनी नोक्सानीमा रहेको हो । कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा खोला जलविद्युुत आयोजनाको निर्माण कार्य दोस्रो त्रैमासमै सम्पन्न गरिसकेको छ ।
कर्मचारी र व्यवस्थापकिय खर्चका कारण कम्पनी नोक्सानीमा रहेको देखिन्छ । आम्दानी नभएको अवस्थामा तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च रकम १२ लाख ४१ हजार रूपैयाँभन्दा बढी भएको हो । कर्मचारी खर्च ५ लाख १४ हजार रूपैयाँभन्दा बढी र व्यवस्थापकिय खर्च ७ लाख २६ हजार रूपैयाँभन्दा बढी भएको कम्पनीको भनाई छ ।
हाल कम्पनीको चुक्तापूँजी ४० करोड रूपैयाँ छ भने रिटर्न अर्निग ४७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । दिर्घकालिन कर्जा ५४ करोड ७९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ६ करोड ४० लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनी ३१ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रूपैयाँ ८२ पैसा छ ।
प्रतिक्रिया