२०८१ वैशाख २४ गते
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४७ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिको तुलनामा भने कम्पनीको खुद नाफा घटेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ५२ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ५ करोड ८० लाख रूपैयाँभन्दा कम खुद नाफा गरेको हो । यस त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ७८ करोड २५ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ८० करोड ४२ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी कम भएकाले खुद नाफा घटेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब ९८ करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको छ । रिटर्न अर्निग रकम भने २ अर्ब ६२ करोड रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रूपैयाँ ९३ पैसा छ ।
प्रतिक्रिया