२०८३ असोज १९ गते
काठमाडौँ । प्रभु बैंक लिमिटेड र कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोबीच विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
दुई पक्षिय सम्झौताअनुसार प्रभु बैंकका ग्राहकहरूले विभिन्न सौन्दर्य सेवामा ५ प्रतिशदेखि २०प्रतिशतसम्म र कर्मचारीहरूले ५प्रतिशतदेखि ३०प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले छुट लिन प्रभु बैंकको डेबिटरक्रेडिट कार्ड वा डिजिटल बैंकिङ माध्यम प्रयोग गर्नुपर्नेछ भने कर्मचारीहरूले आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ।
प्रतिक्रिया