चिनिँया ईभी ब्रान्ड जेवाई एयरका गाडीहरुमा आकर्षक छुट

२०८२ भदौ ०८ गते

चिनिँया ईभी ब्रान्ड जेवाई एयरका गाडीहरुमा आकर्षक छुट

काठमाडौ । चिनिँया ईभी ब्रान्ड जेवाई एयरका गाडीहरुमा आकर्षक छुट दिएर नाडा अटो शो २०२५ मा धमाधम बुकिङ भइरहेका छन् । 


नाडा अटो शो २०२५ मै औपचारीक रुपमा सार्वजनिक गरिएको यी गाडीहरुमा  आकर्षक फिचर रहेको छ । जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि टेष्ट ड्राइभ र खरिद गर्न सक्नेगरी राखिएको हो ।

Advertisement:

Ad
Ad


एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता हो । जेवाई एयर अल्ट्रामा भारी छुट सहित ६५ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । नाडा पछि यसको मूल्य ६८ लाख रुपैयाँ हुनेछ । 


जेवाई एयर अल्ट्रामा ‘ग्राउण्ड क्लियरेन्स’  १७५ एमएम छ । ड्यासबोर्ड पिओर कटनको रहेको छ । एसयूभी प्रोटेक्सन भएको यस गाडीमा  सेफ्टीको लागि ८ वटा एयरब्याक रहेको छ ।  अगाडीको सिटलाई बेड जस्तो बनाइ सुतेर नै  आरामदायी यात्रा गर्न सकिने सुविधा रहेको छ । साथै अगाडीको फ्रन्ट स्टोरेज धेरै रहेकाले करिब ८÷१० वटा बोतल राख्न मिल्छ । अगाडीको सिटको विचमा पनि सामान राख्न सक्ने गरी खाली छोडिएको छ  । अगाडी १५.४ इन्चको डिजिटल डिस्प्ले  रहेको छ । सोही स्क्रिनमा टच गरेपछि झ्याल, ढोका खोल्न तथा गीत बजाउँन सकिन्छ । यी गाडी फुल चार्जमा १०देखि १२ घण्टासम्म निरन्तर चलिरहन्छ ।  


उक्त गाडीको लाइट भेरियन्टको मूल्य भने नाडा अटो शो भरी ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । त्यसपछि भने उक्त गाडीको मूल्य  ५५ रुपैयाँ रहेको छ ।