२०८३ जेठ १२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली जेठ १३ बाट लागु हुने गरी स्थायी निक्षेप सुविधा दैनिक रुपमा उपलश्ध गराउने भएको । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधाको समयसीमा र प्रक्रियामा परिमार्जन गरेको जानकारी दिएको हो ।
मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने उक्त सुविधाको नयाँ व्यवस्था अनुसार २०८३ जेठ १३ गतेदेखि लागू हुने गरी राष्ट्र बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र यो सुविधा उपलब्ध गराइनेछ । यसअघि यस्तो सुविधा सातामा २ दिन मात्र उपलब्ध थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले राखेको यस्तो निक्षेपको साँवा तथा ब्याज रकम भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ ।
प्रतिक्रिया